कुलचन्द्र वाग्ले, नेपाल, राजनीति

सूचनासँग त्रसित सरकार

– कुलचन्द्र वाग्ले

संघीय प्रणालीविपरीत केन्द्रीकृत सरकारी रबैया सुसूचित हुन पाउने नागरिकसँग पनि भयभीत देखिँँदैछ ।  भयग्रस्त मनोविज्ञानका कारण सरकार व्यवस्थापन र व्यवस्थित सूचना प्रणालीको नाम दिएर गोप्यताको शरणमा पुगेको छ । गोप्यता अर्थात् लुक्ने, लुकाउने प्रयत्न । लोकतन्त्रविपरीत जानकारी लुकाउने वा रोक्ने प्रयत्न गरेर दुई तिहाइको सरकार सुसूचित हुन पाउने जनताको वैधानिक अधिकार खोस्न उद्यत भएको छ । सरकारी जानकारी सार्वजनिक भएबाट उत्पन्न कतिपय आलोचनात्मक टीप्पणीलाई लिएर पहिलेदेखि नै क्रुद्ध सरकार अब मन्त्रिपरिषद्को निर्णय नै सकभर लुकाउने प्रयत्न गर्दै छ । 

परन्तु, जे गर्दै छ नि कम्युनिस्ट सरकारले गर्ने नै यस्तै हो । कसैले यो सरकारलाई लोकतान्त्रिक मानेको छ भने त्यो उसको भ्रममात्र थियो र हुनेछ । किनभने, शिक्षा, दीक्षा, सोच, समझ र व्यवहारले कम्युनिस्टहरू लोकतन्त्रप्रति इमानदार वा  प्रतिबद्ध हुनै सक्तैनन् । उनीहरु लोकतन्त्रको बाटो हिड्न संस्कारकै कारण सक्तैनन् । विश्वमा कम्युनिस्ट लोकतन्त्रवादी भएको ‘अनहोनी’ कतै भेटिँदैन । लोकतन्त्रप्रति समर्पण भए त कम्युनिस्ट नामसँग मोह रहने नै थिएन …





Leave a comment